नारायण गोपाल संगीत कोषमा पहिलो पटक गायन कक्षाको प्रारम्भ

काठमाडौँ - नारायण गोपाल संगीतको कोषमा औपचारिक रुपमा पहिलो पटक गायनको कक्षा प्रारम्भ भएको छ।

संगीतकर्मी मदन गोपालका अनुसार उक्त कोष स्थापना भएको ३२ वर्षपछि विधिवत रुपमा कोषमा गायनको औपचारिक कक्षा प्रारम्भ भएको हो।संगीतकर्मी मदन गोपालले नै उक्त प्रशिक्षण दिने छन्।

‘स्थापनाको ३२ वर्षपछि यो पवित्र संगीतको मन्दिरमा आज साउन ५ गतेदेखि गायन कक्षा विधिवत रुपमा सुरु गर्ने अवसर मलाई जुरेको छ, गायक मदन गोपालले सामाजिक सञ्जालमा लेखेका छन् ‘यो अवसरका लागि नारायण गोपाल संगीत कोषलाई धेरै धेरै धन्यवाद।’

मदन गोपालका अनुसार संगीतकर्मी राजकुमार श्रेष्ठले भने भ्वाइलिनको कक्षा लिँदै आइरहेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×