‘कायरा’पछि आर्यनले साइन गरे ‘सायरा’

काठमाडौँ - चकलेटी अभिनेता आर्यन सिग्देल नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। उनी ‘सायरा’ नामक चलचित्रका लागि अनुबन्धित भएका हुन्। निर्माण कम्पनी डि.बि.आर. मिडिया एण्ड मुभिज प्रालि र अभिनेता आर्यनबीच आइतवार लिखित सम्झौता भएको हो।

रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्रको छायाँकन असोजपछि हुनेछ। चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुने बताइएको छ।

सामाजिक र प्रेमकथामा चलचित्र तयार हुनेछ। ‘चलचित्रमा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ। चलचित्रको भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ। प्रस्तुतकर्ता रघुले भने।

चलचित्रको अन्य ‘कास्ट’ तथा ‘क्रू’को बारेमा केही समयमै जानकारी दिने प्रस्तुतकर्ता रघुले बताएका छन्। चलचित्र कथा उनकै रहनेछ। निर्देशक भने भारतीय रहने उनले बताएका छन्। 'लाइन-अप पूरा भएपछि पूर्ण रूपमा जानकारी दिनेछौँ' रघुले भने।

पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित भएका हुन्।  सुहाउँदो क्यारेक्टर पाएपछि चलचित्रमा अभिनय गर्ने सम्झौता गरेको आर्यनले बताएका छन्। चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको प्रस्तुतकर्ता रघुको भनाइ छ।

पर्दामा लभ स्टोरीलाई जीवन्त बनाउन माहिर मानिने आर्यनले केही समय अगाडि निर्माण तथा अभिनय गरेको चलचित्र ‘कायारा’ झैँ सुनिने नाम भएको ‘सायरा’मा काम गर्ने तयारी गर्न लागेका हुन्। आर्यन अन्य केही चलचित्रमासमेत अभिनय गर्ने तयारीमा रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×