काठमाडौँ। सन्दिप परियार र मेनुका परियारको आवाजमा सजिएको गीत ‘रस छ फूलैमा’ सार्वजनिक गरिएको छ। गीतमा संगीतकार प्रमोद पन्तले संगीत भरेका छन् भने डा. सदानन्द कँडेलको शब्द रहेको छ। त्यसैगरि गीतमा रिदम कँडेलको संगीत संयोजन रहेको छ।
सुरज श्रेष्ठ र निहारिका थापाको अभिनय रहेको गीतको भिडियो मिलन श्रेष्ठको निर्देशनमा तयार भएको हो। गीतको भिडियो पीपीएम क्रियसन नामक युट्युब च्यानलमा उपलब्ध छ।