काठमाडौँ - फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ। बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ।
फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन्। स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन जानेछन्।
उनले बार्सिलोनासँग ३ वर्षको लागि सम्झौता गर्ने र १ वर्ष सम्झौता थपको विकल्प समेत रहेको स्काई स्पोर्ट्सले जनाएको छ। जर्मन च्याम्पियन बायर्नसँग १ वर्षको सम्झौता बाँकी हुँदै पोल्याण्डका लेवान्डोस्कीले क्लब छाड्न चाहेको बताउँदै आएका थिए।
चेल्सी र पेरिस सेन्ट जर्मेनबाट आएको प्रस्ताव अस्वीकार गर्दै लेवान्डोस्कीले बार्सिलोना नै जान चाहेको बताउँदै आएका थि। बार्सिलोना-प्रि सिजन टुर सकाएर फर्केपछि लेवान्डोस्कीलाई क्लमा प्रस्तुत गरिने मार्काले उल्लेख गरेको छ।