अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै पराजित

काठमाडौँ - स्पेनिस ला लिगअन्तर्गत गएरातिको आफ्नो अन्तिम खेलमा घरेलु टोली बार्सिलोना पराजित भएको छ। ऊ क्याम्प नोउमा भिल्लारियलसँग २–० ले पराजित हुन पुगेको हो।

४१ औं मिनेटमा अलफन्सो पेडराजाले भिल्लारियललाई अग्रता दिलाएका थिए। ५५ औं मिनेटमा मोई गोमेजले गोल गरेपछि पाहुना टोलीले २–० को सहज जित निकालेको हो।

यो जितसँगै भिल्लारियल ३८ खेलबाट ५९ अंक जोडेर सातौँ स्थानमा रहँदै युरोपा कन्फ्रेन्स लिगमा छनोट हुँदा पराजित बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा रहेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×