काठमाडौँ - पछिल्लो २४ घण्टामा १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर र एन्टिजेन गरी ४ हजार ८४ जनाको नमूना परीक्षण गर्दा १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप १ सय ३० जना कोरोना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ हजार १ सय ९९ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।