निर्माण थालेको ७ वर्षपछि चलचित्र ‘दोख’ आजदेखि हलमा

काठमाडौँ - अनुप बराल निर्देशित फिल्म ‘दोख’आजदेखि प्रदर्शनमा आएको छ। यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको फिल्म हो।

विनाशकारी भुइँचालो आएको ताका छायाँकन शुरू भएको फिल्म निर्धारित निर्माण बजेट सकिनु, प्रदर्शनको मुखमा कोभिड महामारी फैलिनु लगायतका कारण प्रदर्शनमा ढिलाइ हुन पुगेको थियो।

अन्ततः दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको फिल्म देशभरका हलमा प्रदर्शनमा आएको हो।

माओवादी द्वन्द्वको पृष्ठभूमिमा रहेर राजन कठेतले ‘दोख’को कथा लेखका हुन्। फिल्मले द्वन्द्वको कालखण्डमा सामुदायिक बनको मुद्दालाई लिएर दुई गाउँबीच भएको झगडाको विषयलाई मुख्य कथा बनाएको छ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेका छन्। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

गीत, पोष्टर, टिजर , ट्रेलरबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको फिल्मको व्यवसाय भने ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ। शुक्रबारदेखि हलिउड सुपर हिरो फिल्म ‘थोर: लभ एण्ड थन्डर’ पनि नेपाली हलहरूमा रिलिज भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×