सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ कात्तिक १८ मा प्रदर्शन हुने

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। फिल्म आगामी कात्तिक १८ गते प्रदर्शन हुने भएको हो।

निर्देशक लक्ष्मण सुनारले यो फिल्मलाई निर्देशन गरेका छन्। म्युजिक भिडियो निर्देशनमा उनी निकै सफल मानिन्छन्। 

सुनार निर्देशित फिल्म मुख्य गरि जाजरकोट क्षेत्रमा खिचिएको छ। त्यहाँको चलन चल्तीमा रहेको जारी प्रथामाथि आधारित रहेर यो फिल्म बनेको छ।

फिल्ममा सुरक्षासँगै अभिनेता नरेन खड्का र विराज विष्टको पनि मुख्य भुमिका रहेको छ। टोपेन्द्र विष्टको निर्माणमा बनेको फिल्मलाई काठमाडौं उपत्यकामा गोपाल कायस्थ र काठमाडौं बाहिर ‘एफडी’ कम्पनीले वितरण गरेको छ।

राज बहादुर साने, लक्ष्मण सुनार, निर्मल पौडेल र विराज विष्टको पटकथा तथा संवाद रहेको फिल्मको कथा भने राज बहादुर सानेको रहेको छ। फिल्मलाई छत्रेश्वरी म्यानेजमेन्ट प्रा.ली.को ब्यानरमा निर्माण गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×