संजिव लामाको सेनोरिटा सार्वजनिक 

काठमाडौं - धरानका गायक सञ्जीव लामाको पुरानो गीत ‘सेनोरिटा’ को नयाँ भर्सनको भिडियो सार्वजनिक भएको छ । हङकङमा छायांकन गरिएको गीतको भिडियोमा गायक लामा र स्थानीय मोडेल अम्बिका तामाङलाई फिचर गरियेकोच छ।विदेशमा बसेपनि आफ्नो सांगीतिक यात्रालाइ गीत तथा भिडियो मार्फत बेला–बेलामा अघि बढाई राख्ने गायक लामाले आफ्नो २० बर्ष अघिको अल्बम ‘सेनोरिटा’मा संग्रहित शिर्ष गीतलाई पुन नयाँ संयोजनमा सार्वजनिक गरेका हुन् । 

हंगकंगको एनएचडिडि स्टुडियोका सञ्चालक देवमान लिम्बुको निर्देशन तथा छायाँकन रहेको गीतको शब्द तथा संगीत सविन राईको रहेको छ । मनोज मोतेको संगीत संयोजन रहेको गीतको भिडियोको  सम्पादन आदर्श थापा मगर, भिएफएक्स केन्जो राई र कलरिङ तथा क्रियटिभ डाईरेक्सन युबी मगरले गरेका छन् । 

एनएचडिडि स्टुडियोको १३ औं वार्षिकोत्सवको अवसर पारी भिडियो निर्माण गरिएको र अब मनोरंजन क्षेत्रमा समेत एनएचडिडि स्टुडियोलाई अघि लैजाने संचालक देवमान लिम्बुले बताए । भिडियो एनएचडिडि स्टुडियो एचकेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×