रकुल प्रीत र ज्याकी भगनानी विवाह बन्धनमा बाधिँदै

काठमाडौँ - बलिउडमा फ्लपको युग सँगसँगै विवाहको युग पनि चलिरहेको छ। हालै बलिउड अभिनेत्री ऋचा चड्ढा र अली फजलले विवाह गरेका छन् र अहिले सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवानीको विवाहको खबर चर्चामा रहेको छ।

यसका साथै बलिउड अभिनेत्री रकुल प्रीत सिंह र अभिनेता ज्याकी भगनानी पनि विवाह बन्धनमा बाँधिने चर्चा चलिरहेको छ। विवाहको चौतर्फी चर्चा भएपछि अभिनेत्रीका भाइले सन् २०२३ मा दुवैले लगनगाँठो कस्ने खुलासा गरेका छन्।

सिंह र भगनानी प्रायः सँगै देखिन्छन्। यी दुईले आफ्नो सम्बन्धलाई नयाँ नाम कहिले दिने भन्ने बारे पनि फ्यानहरू उत्सुक छन्। सिंहका भाइ अमनले उनीहरूले केही प्रोजेक्टमा सँगै काम गरेको, दुवै एकअर्कालाई मन पराउने र विवाह गर्न चाहेकाे बताएका छन्।

बिहेको मिति भने  तय हुन बाँकी छ। ज्याकीसँग अहिले ठुला प्रोजेक्ट व्यस्त छन्। रकुल पनि अभिनयमा व्यस्त नै छिन्। त्यसैले दुवैले राम्ररी सोचेर विवाहको निर्णय लिने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×