काठमाडौँ - करण जोहर आफ्नो शो 'कफी विथ करण'को सातौं सिजन ल्याउने तयारीमा छन्। यस सिजनको पहिलो गेस्ट रणवीर कपूर र आलिया भट्ट हुने चर्चा थियो। तर करणले उनको शोमा रणवीर कपूर नआउने बताएका छन्। उनले एक अन्तर्वार्तामा रणवीरले आफूलाई शोमा नबोलाउन आग्रह गरेको बताएका छन्।
करणले भने, ‘रणवीरले मलाई पहिला नै शोमा नबोलाउनु भनेका थिए। उनलाई लाग्छ कि शोमा गरिएको कुराकानीले लामो समयसम्म विवाद झेल्नु पर्छ। रणवीरले म तिमीलाई धेरै माया गर्छु भन्दै शोमा नबोलाउन आग्रह गरेका छन्। शोमा नआए पनि घरमा आएर कफी पिउँला भनेका छन्।’
२०१७ मा ‘ए दिल हे मुश्किल’को प्रमोशनको लागि कफी विथ करणमा जाँदा रणवीरले भनेका थिए, ‘म थाकिसकें। यो सिजनमा बाध्य भएँ। अर्काे सिजनमा आउन चाहन्नँ। शोमा विवादास्पद टिप्पणीहरूले पैसा कमाउँछौं। तर हामी वर्षभरि यसको मूल्य चुकाइरहेका हुन्छौं।’
रणवीर र आलिया अभिनित फिल्म ‘ब्रह्मास्त्र भाग एकः शिवा’ सेप्टेम्बर ९ देखि प्रदर्शन हुँदैछ। आयान मुखर्जीले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको मुख्य भूमिका रहेको छ।