प्रिमियर लिग: म्यानचेस्टर युनाइटेको लगातार दोस्रो हार

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाइटेडले ब्राइटनसँग ४-० ले पराजित भएकाे छ। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाइटेडले प्रभाव जमाउन सकेन।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान १-१ गोल गरेका थिए। ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो।

खेलकाे १० औँ मिनेटमा डासिल्भाले गाेल गरी ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए। १८ ‍औँ मिनेटमा जेनिसले गाेल गर्दै ब्राइटनकाे अग्रता दाेब्बर पारेका थिए। ३० ‍‍औँ मिनेटमा बेन मीले गाेल गरी ब्राइटनलाई ३-० ले अगाडि बढाएका थिए।

३५ औँ मिनेटमा एमबेउमाले गाेल गर्दै ब्राइटनलाई ४-० ले शानदार जित दिलाएका थिए।

जितपछि ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। लगातारको हारसँगै युनाइटेड पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×