एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ। शनिबार राति सम्पन्न खेलमा टोटेनहमले लिड्स युनाइटेडलाई ४–० गोल अन्तरले पराजित गरेको हो।
टोटेनहमको लागि खेलको १० औं मिनेटमा माट दोहेर्टीले गोल गरेका थिए भने डिजेन कुलुसेभ्सकीले १५औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–० को अग्रता दिलाएका थिए।
खेलको २७ औं मिनेटमा ह्यारी केनले गोल र खेलको ८५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ४–० को जित दिलाए।
जितसँगै २५ खेलमा ४२ अंक जोडेको टोटेनहम लिगको सातौं स्थानमा रहेको छ भने लिड्स २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ।