काठमाडाैँ - सेनेगलका स्टार खेलाडी साडियो मानेले आफू इंग्लिस क्लब लिभरपुलमै खुसी रहेका बताएका छन्। पछिल्लो समय जर्मन क्लब बार्यन म्युनिख जाने हल्ला चलिरहेका बेला मानेले आफू लिभरपुलमै खुसी रहेको बताएका हुन्। उनले लिभरपुलमा आफू प्रत्येक क्षण रमाइरहेको बताए।
सन् २०१६ को जुलाईमा साउथह्याम्पटनबाट लिभरपुल गएका मानेले क्लबका लागि २६६ खेल खेलिसक्दा ११९ गोल गरेका छन्। उनले ४७ गोलमा एसिस्ट पनि गरेका छन्।
मानेको लिभरपुलसँगको सम्झौता अर्को बर्षको जुनमा सकिँदैछ।