फिल्म 'नालापानी'को मोसन पोस्टर सार्वजनिक

काठमाडौँ - रिमेश अधिकारीको निर्देशनमा बनेको फिल्म 'नालापानी'को मोसन पोस्टर सार्वजनिक भएको छ।  सार्वजनिक पोस्टरमा एक पात्रको हातमा तरबार देख्न सकिन्छ भने पृष्ठभूमिमा केही पात्रहरू घोडामा सवार देखिन्छन्।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजको नेतृत्व गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई फिल्ममा प्रस्तुत गरिएकाे छ।

मनोज शाक्यको लगानी रहेको फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको लागि अनुसन्धान र लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। यस फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड समेत पाएको थियो। रामशरण उप्रेतीले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। 

कात्तिक ४ गते प्रदर्शन हुने यस फिल्मको सेप्टेम्बर २४ मा अस्ट्रेलियामा प्रिमियर हुने बताइएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×