फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ - अभिनेता खगेन्द्र लामिछानेको निर्देशित फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा बेपत्ता छोराको खोजीमा निस्किएको  एक दम्पतीको कथा देखाउन खोजिएको छ। जसमा छोरा खोज्ने दम्पतीको भुमिकामा अनुप र मेनुका रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ। 
ट्रेलरमा अनुप बराल, मेनुका प्रधानको अलवा मलिका महत र खगेन्द्र पनि देखिएका छन्। 

खगेन्द्रकै कथा रहेको फिल्म नाटक ‘पानीफोटो’ माथि बनेको हो। नाटकको रुपमा यो मञ्चन भइसकेको छ। मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको ‘पानीफोटो’ खगेन्द्रको निर्देशनमा डेब्यु फिल्म हो।
१३ साउन प्रदर्शन मिति तोकिएको फिल्ममा अनुप, मेनुका, मलिका र खगेन्द्रको अलवा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×