बक्स अफिसमा ‘कान्तारा’को आक्रामक व्यापार, कति कमायो?

काठमाडाैँ - बलिउड चलचित्र  ‘कान्तारा’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ। हलमा रिलिज भएदेखि नै यस चलचित्रले बक्स अफिसमा दमदार व्यापार गरेको हो।

चलचित्र कन्नड र हिन्दी संस्करणहरूमा आएको छ, जसमा सबै संस्करणले बक्स अफिसमा राम्रो उपस्थिति कायम राखेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। हिन्दी भर्सनमा रहेको 'कान्तारा'ले दोस्रो हप्ताको अन्त्यमा कुल ३८.५५ करोड भारतीय रुपैयाँ कमाएको छ।

पहिलो दिन १.२७  करोड, दोस्रो दिन २.७५ करोड, तेस्रो दिन ३.५ करोड रुपैयाँ कमाएको यस चलचित्रले शुक्रवारको तुलनामा सोमवारसम्ममा ४० प्रतिशतदेखि ५० प्रतिशतसम्मको व्यापार गरेको बताइएको छ।

लगातार बृद्धिसँगै बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्नुका साथै 'कान्तारा'ले हालै आईएमडीबीद्वारा रिलिज गरिएको भारतको हालैका शीर्ष २५० फिल्महरूको सूचीमा पनि आफ्नो स्थान नम्बर १ मा राखेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×