काठमाडौँ - १० खेलाडीमा समेटिएको एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियालसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा एट्लेटिको भिल्लारियालसँग २-० गोल अन्तरको हार व्यहोरेको हो।
एट्लेटिकोको घरेलु मैदानमा भएको खेलको ७३ औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए। एट्लेटिको खेलको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो। एट्लेटिकोका नहुएल मोलिनाले रातो कार्ड पाएर मैदान छाडेका थिए।
त्यसपछि इन्जुरी समयको जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई २-० को जित दिलाएका थिए। जितसँगै भिल्लारियलले २ खेलमा ६ अंक जोडेको छ। यता एट्लेटिकोको ३ अंक रहेको छ।