अजय देवगन निर्देशित फिल्म ‘भोला’मा अमला पल अनुबन्धित

काठमाडौँ - भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’मा दक्षिण भारतीय अभिनेत्री अमला पल अनुबन्धित भएकी छिन्।

अजयको पछिल्लो फिल्म ‘थ्याङ्क गॉड’ बक्स अफिसमा फ्लप भएको छ। अब अजय आफ्नो आगामी फिल्म ‘भोला’ को लागि काम गरिरहेका छन्। फिल्ममा अजयका अलावा अभिनेत्री तब्बु पनि रहेकी छिन्। अब उक्त फिल्ममा तब्बुको अलवा अर्की अभिनेत्री अमला अनुबन्धित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यो फिल्म तमिल फिल्म कैथी को रिमेक हो। फिल्मको सुटिङ हाल मुम्बईमा भइरहेको छ। फिल्ममा अमलाको विशेष भूमिका रहनेछ र उनको चरित्र महत्वपूर्ण हुनेछ। फिल्मको छायांकनको अर्को शेड्युलमा अमला पनि निर्माण टिमसँग जोडिने समाचारमा उल्लेख गरिएको छ।

यस फिल्मका निर्देशक अजयले फिल्म ३० मार्च २०२३ मा सिनेमाघरमा रिलिज हुने बताएका छन्। यसरी अजयको निर्देशनमा बन्न लागेको यो चौथो फिल्म हो। यस फिल्ममा उनी आफैले पनि अभिनय गरेका छन्। यसअघि अजयले ‘यू मी और हम’, ‘शिवाय’ र ‘रनवे ३४’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

अजय फिल्म भोला बाहेक ‘दृश्यम २’, ‘मैदान’ र ‘गोलमाल ५’ मा पनि देखिनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×