काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि नामिबिया भ्रमणमा रहेको नेपालले बुधबार तेस्रो खेल खेल्दैछ।
नेपालले युनाइटेड क्रिकेट मैदानमा दिउँसो १ः४५ मा घरेलु टोलीको सामना गर्न लागेको हो। यो श्रृंखलामा नेपाल, नामिबियासहित स्कटल्याण्डको सहभागिता रहेको छ।
यो श्रृंखलाको पहिलो खेल वर्षाका कारण बिथोलिँदा नेपाल र नामिबियाले अंक बाँडेका थिए। २ खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाँडेको छ। नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाँडेको छ।
७ टोली सहभागी विश्वकप लिग-२ मा नेपाल २२ खेलमा १८ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा रहेको छ। नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ।