'अदालत न्यायकाे थलाे हुनुपर्छ, बारले तुरून्तै आन्दोलन फिर्ता लिएर नागरिकको न्याय पाउने हकको सुनिश्चितता गराेस्'

काठमाडौं । अधिवक्ता आकृति रायमाझीले अदालतमा बहस गर्नुपर्ने अधिवक्तालाई नेपाल बार एसोशिएसनले सडकमा पुर्याएको बताएकी छन् ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा गरिएको बृहत प्रदर्शनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

उनले बारको आन्दोलनका कारण अदालतमा हुनुपर्ने बहस अधिवक्ताहरु सडकमा गर्न बाध्य भएको बताइन् । एक महिनादेखिको बारको अर्थहीन आन्दोलनको असर अधिवक्तामा परेको उनले गुनासो गरिन् ।

कोरोनाको मारमा परेका अधिवक्ताहरु अहिले बार र सर्वोच्च अदालतका १९ न्यायाधीशको मारमा परेको उनले दुखेको पोखिन् ।

उनले भनिन्, अधिवक्ताहरुले अफिसदेखि घरको भाडा र छोराछोरीहरुको स्कुलको शुल्क तिर्न सकेका छैनन् । के कानुनी व्यवसायीहरुको हकहित लागि बनेको संस्थाले अधिवक्ताहरुलाई यो स्तिथिमा पुर्याउनु राम्रो हो ? यसको जिम्मा र यो आन्दोलनबाट पर्न गएको क्षति बारले व्यहोर्नपर्छ ।

उनले अदालतलाई आन्दोलनको थलो नभएर न्यायको थलो बनाउन आग्रह गरिन् । आन्दोलन फिर्ता लिएर नागरिकको न्याय पाउने हकको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिइन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×