काठमाडौं । बजेट निर्माणमा अर्थमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल नगरेको विषयमा एमालेको संसदमा असन्तुष्टि पोखेको छ । आइतबार बजेटमाथिको छलफलमा सहभागी हुँदै एमाले सांसद विष्णु पौडेलले बजेट बनाउँदा प्रमुख दलका शीर्ष नेताहरूसँग सुझाव लिन आग्रह गरे ।
‘अत्यन्त्यै व्यस्तताबीच बजेट निर्माण गर्नुपर्छ । असीमित समय हुँदैन, निश्चित समयभित्र यो काम गर्नुपर्छ । मन्त्री ज्यू यस्तो व्यस्त हुनुभयो कि सरकारमा सहभागी भएका राजनीतिक दलहरू, प्रमुख दलका नेताहरूसँग पनि बजेट निर्माणका निम्ति सरसल्लाह गर्न, सुझाव लिन भ्याउनु भएन । भ्याउनु भएको थियो भने बजेट अझै राम्रो हुने थियो,’ उनले भने ।