तनहुँ - स्थानीय तह निर्वाचनबाट तनहुँमा नौ स्थानीय तहमा ३७३ जनप्रतिनिधि निर्वाचित भएका छन्। व्यास नगरपालिकामा मतगणना जारी रहँदा अन्य स्थानीय तहमा ती तहमा जनप्रतिनिधि निर्वाचित भइसकेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी उक्त सङ्ख्यामा जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। जिल्लामा सबैभन्दा बढी नेपाली कांग्रेसबाट १८२ निर्वाचित भएका छन्। नेकपा (एमाले)बाट १५१, नेकपा (माओवादी केन्द्र)बाट ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक र स्वतन्त्रबाट पाँच निर्वाचित भएका छन्।
कार्यालयका अनुसार नौ प्रमुख–अध्यक्ष, नौ उपप्रमुख–उपाध्यक्ष, ७१ वडाध्यक्ष, ७१ महिला सदस्य, ७१ दलित महिला सदस्य र १४२ खुला सदस्य निर्वाचित भएका छन्। व्यास नगरपालिकाबाट ७२ जनप्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचनबाट जिल्लामा कूल ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
कांग्रेसबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष चार, वडाध्यक्ष ३५, महिला सदस्य ३३, दलित महिला सदस्य ३३ र खुला सदस्य ७३ निर्वाचित भएका छन्। एमालेबाट पालिका प्रमुख–अध्यक्ष चार, उपप्रमुख–उपाध्यक्ष दुई, वडाध्यक्ष २५, महिला सदस्य ३२, दलित महिला सदस्य ३२ र खुला सदस्य ५६ निर्वाचित भएका छन्।
माओवादी केन्द्रबाट पालिका प्रमुख–अध्यक्ष एक, उपप्रमुख–उपाध्यक्ष तीन, वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ, खुला सदस्य १२ निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्य एक जना निर्वाचित भएका छन्। स्वतन्त्रबाट वडाध्यक्षमा चार र महिला सदस्यमा एक जना निर्वाचित भएका छन्।
व्यासका पाँच वडामा कांग्रेस, तीन वडामा एमाले
व्यास नगरपालिकाको आठ वडाको नतिजा सार्वजनिक भएको छ। यही जेठ ४ गतेदेखि सुरु भएको मतगणनाअनुसार आठ वडाको नतिजा सार्वजनिक भएको हो। व्यासको १, २, ३, ४, ५, ६, ७ र ८ को नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ती मध्ये १, २, ३, ६ र ८ मा कांग्रेस र ४, ५ र ७ मा एमालेले विजय हासिल गरेको छ।
व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, खुला सदस्यमा पूर्णबहादुर थापा, मणिजङ बस्नेत, महिला सदस्यमा किस्ना दुरा गुरुङ, दलित महिला सदस्यमा सुनिता सुनार निर्वाचित हुनुभएको छ। वडा नं २ को अध्यक्षमा काशीराम श्रेष्ठ, खुला सदस्यमा सुरेश वाग्ले, जगतबहादुर क्षेत्री, महिला सदस्यमा सानारफत मियाँ, दलित महिला सदस्यमा सविता रसाइली निर्वाचित भएका छन्।
वडा नं ३ को अध्यक्षमा अनुप राना, खुला सदस्यमा शान्तिरमण वाग्ले, दधिराज सुवेदी, महिला सदस्यमा विनु श्रेष्ठ र दलित महिला सदस्यमा श्रीमाया विक निर्वाचित भएका छन्। वडा नं ४ को अध्यक्षमा मनबहादुर गुरुङ, खुला सदस्यमा सरोज भण्डारी, कर्णबहादुर गुरुङ, महिला सदस्यमा गौकुमारी न्यौपाने र दलित महिला सदस्यमा राधा विक निर्वाचित भएका छन्। वडा नं ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। खुला सदस्यमा खिमबहादुर थापा, सुन्दर वाग्ले, महिला सदस्यमा केशरीमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी विक निर्वाचित भएका छन्।
वडा नं ६ को अध्यक्षमा जीवन गुरुङ निर्वाचित भएका छन्। खुला सदस्यमा ढालप्रसाद घिमिरे, सूर्यकान्त काफ्ले, महिला सदस्यमा बालकुमारी श्रेष्ठ र दलित महिला सदस्यमा बुद्धिमाया विक निर्वाचित भएका छन्। वडा नं ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी भएका छन्। खुला सदस्यमा टीकाबहादुर गुरुङ, सुवास वाग्ले, महिला सदस्मा निला घिमिरे र दलित सदस्यमा सरस्वती विक निर्वाचित भएका छन् भने वडा नं ८ को अध्यक्षमा युवराज गुरुङ विजयी भएका छन्। खुला सदस्यमा रामप्रसाद मिश्र, थमानसिं गुरुङ, महिला सदस्यमा विष्णुमाया राना र ठडराई विजयी भएका छन्।