विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख २८ हजार ५२३ जना कोरोना संक्रमित, ११ हजार २३५ जनाको मृत्यु

काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख २८ हजार ५२३ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा ब्राजिलमा २ लाख ८६ हजार, फ्रान्समा २ लाख ७४ हजार, जर्मनीमा २ लाख ४० हजार, अमेरिकामा २ लाख ३० हजार, रुसमा एक लाख ५५ हजार, इटलीमा एक लाख १२ हजार र टर्कीमा एक लाख ७ हजार छन्।

यही अवधमिा २३ लाख ६६ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार २३५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा २ हजार ३३०, ब्राजिलमा ९२३, रुसमा ६६७, इटलीमा ४१४, बेलायतमा ३२१, फ्रान्समा २६४, टर्कीमा २३३ जर्मनीमा १८६ जना छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×