काठमाडौँ - एसिया कपमा आज भारत र अफगानिस्तान आमने सामने हुँदैछन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज हुने खेलमा साविक विजेता भारत र अफगानिस्तान राति पौने ८ बजे आमने सामने हुनेछन्।
भारत र अफगानिस्तान सान्त्वना जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गर्नेछन्। सुपर चारअन्तर्गत दुवै खेलमा पराजित भएको भारत खेल तालिकाको तेस्रो स्थानमा रहेको छ। अफगानिस्तान भने चौथो स्थानमा रहेको छ।
सुपर फोरअन्तर्गतको खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको भारत र १ विकेटले पाकिस्तानसँग पराजित भएको अफगानिस्तान फाइनलको दौडबाट बाहिरिसकेका छन्। आइतबार हुने फाइनल खेलमा पाकिस्तान र श्रीलंका उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। दुई राष्ट्रबीचको खेल राति पौने ८ बजे हुनेछ।