जति पटक लिनु परे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौंथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । आज (शनिबार) नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जेठको ७ गते आफूले चौंथो पटक विश्वासको मत लिन लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिको परिस्थितिलाई आफूले कहालीलाग्दो अवस्थामा नदेखेको समेत जिकिर गरेका छन् । उनले जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे । उनले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×