काठमाडौँ l नेपाली चलचित्र ‘म’ को शुभ साइत सम्पन्न भएको छ। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको चलचित्रको शुभ साइत कलेज कै प्राङगडमा गरिएको हो l सुवर्ण थापाको निर्देशनमा बन्न लागेको चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले लेखेका हुन्। विमला हुँमागाइँ निर्माता र पदम पुरी सह-निर्माता रहेको चलचित्रको छायांकन पुस ११ गतेबाट सुरु हुनेछ l करण सिंह प्रोडक्सन म्यानेजर रहेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नीराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठको अभिनय रहनेछ l