महिला हिंसाविरुद्ध ‘अभिप्सा’ मञ्चन हुँदै

काठमाडौँ - लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान कचहरी नाटक मञ्चन हुने भएको छ। ‘दृश्य सादृश्य’ को प्रस्तुतिमा तयार पारिएको ‘अभिप्सा’ नामक नाटक मञ्चन हुने भएकाे हाे।

सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको ‘अभिप्सा’ काठमाडौ‍ंका विभिन्न विद्यालयहरूमा देखाइने छ। नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा देखाउने छ। मंसिर १२ गतेबाट हुने नाटक बूढानीलकण्ठ नगरपालिकाका विभिन्न स्थानहरूमा देखाइने छ।

नाटकमा गाउँ, ठाउँ, समाज र परिवारभित्रै हुने हिंसाका विभिन्न घटनाहरू देखाएको छ।

नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुल दीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेतीलगायतका कलाकारहरूको भूमिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×