डिसेम्बर ४ मा प्रेमी सोहेलसँग विवाह गर्दै अभिनेत्री हंसिका

काठमाडौँ - दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी विवाह गर्दैछिन्। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार उनले ४ डिसेम्बरमा प्रेमी सोहेल कथुरियासँग विवाह गर्न लागेकी हुन्।

उनीहरूको विवाह ओटिटी प्लेटफर्ममा लाइभ स्ट्रिमिङ हुनेछ। विवाहअघि उनको घरमा पूजा राखिएको छ। पिंकभिलाका अनुसार उनको घरमा विवाहको १ साताअघि माताको चौकी हुनेछ। त्यसपछि उनीहरू विवाहको लागि जयपुरमा जानेछन्।

उनीहरूको विवाह जयपुरको ४५० वर्ष पुरानो होटल मुंडोता फोर्ट एण्ड प्यालेसमा हुने बताइएको छ। उनीहरुको विवाह समारोह २ डिसेम्बरबाट सुरु हुनेछ। २ डिसेम्बरमा हल्दी समारोह हुनेछ भने ३ डिसेम्बर मेहेन्दी र संगीत समारोह हुनेछ।

केही समय अघि हंसिकाले आफ्नो इन्स्टाग्राममा सरप्राइज इन्गेजमेन्टको तस्बिर सार्वजनिक गरेकी थिइन्। उनको प्रेमी सोहेलले उनलाई पेरिसको एफिल टावर नजिक विवाहको प्रस्ताव राखेका थिए। उक्त तस्बिर सेयर गर्दै हंसिकाले लेखेकी थिइन्, ‘अहिले र सधैंको लागि।’

सोहेल एक व्यापारी हुन् जसमा हंसिका पनि आवद्ध छिन्। उनीहरू लामो समयदेखि एक इभेन्ट कम्पनी चलाइरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×