भारत। बलिउड अभिनेत्री करिना कपुर खान र अमृता अरोरालाई कोरोना संक्रमण भएको छ। बिभिन्न भारतीय सञ्चारमाध्यमले अभिनेत्रीहरुलाई कोरोना भएको जानकारी दिएको हो। ११ डिसेम्बरमा आएको रिपोर्टले उनीहरुमा कोरोना देखाएको हो। त्यसैगरि सोहेल खानकी पत्नी सीमा खान र संजय कपूरकी पत्नी महीप कपूरलाई पनि कोरोना संक्रमण भएको छ। खबरका अनुसार करण जोहरद्वारा आयोजित एक पार्टीमा करिना,अमृता र सीमाको भेट भएको थियो। केहि समयअघि मात्र करिनाको घरमा आयोजना गरिएको एक पार्टीमा धेरै कलाकर्मीको उपस्थिती रहेको थियो। करिनालाई कोरोना पुष्टि भएपछी अहिले बलिउडमा त्रासको माहोल बनेको छ।