फागुन १३ गते ‘लप्पन छप्पन २’ या ‘म यस्तो गीत गाउँछु २’?

काठमाडौँ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट सिनेमाघर खोल्न अनुरोध गरेसँगै नेपाली चलचित्रका निर्माता आफ्नो चलचित्रको प्रदर्शन मिती तय गर्ने तयारीमा लागेका छन्। 

फागुन १३ गते शिभ रात्री परेको हुँदा निर्माताहरु आफ्नो चलचित्र यो मितिमा प्रदर्शन गर्न चाहन्छन्। यो मितिमा बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ पनि प्रदर्शनमा आउदैछ।

केहि समय अघि नै फागुन १३ गते चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउने भनिएको छ। चलचित्रको प्रचार सुरु नभएतापनि चलचित्र सोहि मितीमा प्रदर्शन हुने निर्देशक मुकुन्द भट्टले जनाएका छन्।

त्यसैगरि चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई पनि यो मितीमा प्रदर्शन ल्याउन बल गरिएको छ। तर, चलचित्र संघले बनाएको नयाँ नियम अनुसार वैशाख १ गतेसम्म दुई नेपाली चलचित्र जुध्न पाउदैनन्। त्यसैले फागुन १३ गते ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’ मध्ये एक चलचित्रमात्र प्रदर्शनमा आउनेछ। यो विषयमा निर्माता, वितरक र प्रदर्शकबीच छलफल भइरहेको जनाईएको छ।

कोरोना महामारीका कारण ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिती दुईपटक सारी सकिएको छ। चलचित्र यसअघि माघ १९ गते प्रदर्शनमा आउने भनिएको थियो। तर, सुदर्शन थापा निर्देशित यो चलचित्र सो मितीमा प्रदर्शनमाआउन सकेन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×