काठमाडौँ - नेपाली चलचित्र ‘पानीफोटो’ आजबाट प्रदर्शनमा आएको छ। अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो।
नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण गरिएको छ। जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रमा देखाइएको छ।
चलचित्रमा लेखक एवं निर्देशक लामिछाने बाहेक अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।