राजेश हमालले गाए अर्को नयाँ गीत

काठमाडौँ। नेपाली चलचित्रका अभिनेता राजेश हमालले नयाँ गीत गाएका छन्। यसअघि उनले ‘मन बुढो भएन’ बोलको गीत गाइसकेका छन्। उनले शुक्रबार रेकर्ड गराएको नयाँ गीतको बोल ‘गाउँले ठिटो’ रहेको छ। 

गीतमा गोविन्द भट्टको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ। त्यसैगरि गोपाल रसाइलीको संयोजन रहेको छ।

हाल गीतको मिक्सिङको काम भइरहेको छ। केही दिनमा  गीतको भिडियो छायांकन सुरु गरिनेछ। देवेन्द्र पाण्डेको निर्देशनमा तयार हुने गीतको भिडियोमा राजेशलाई नै मुख्य भूमिकामा देखिनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×