‘पर्पला’को पहिलो झलक सार्वजनिक

काठमाडौँ। अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’को पहिलो झलक सार्वजनिक गरिएको छ। हरर विधामा आधारित चलचित्र, अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका घट्नाबाट प्रभावित रहेको छ। मनोज अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण भएको हो।

अष्ट्रेलियामा छायांकन भएको चलचित्रका निर्माता भानु प्रताप रहेका छन्। चलचित्रमा पुकार गौतम, निखिला बुढाथोकी, रोजी पन्त, प्रेक्षा अधिकारी, अष्ट्रेलियन कलाकार ओल्गा तमरा आदि कलाकारहरुको अभिनय रहेको छ। आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा अस्ट्रेलियन छायाकार कास्मिर डिक्सनको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन तथा रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली, छवी अधिकारी र सरोजकुमार वाइबाको लगानी रहेको छ।

भानु प्रताप ढकाल प्रस्तुतकर्ता रहेको चलचित्रमा सरस्वती गौतम, सिर्जना ल्वागुन, भीमराज रसाइली, वचनकुमार मल्ल सह–निर्माता रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×