गृहमन्त्री लामिछानेकाे निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ नहुने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज (बिहीबार) पनि सुनुवाइ नहुने भएको छ ।

सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेसी परेको छ । यसअघि हिजो सो रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो । तर, सुनुवाइ भएन । न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानुनी सल्लाहकार भएको कारण स्वार्थ बाँझिने भएकोले सो रिटमाथि सुनुवाइ नहुने भएको हो ।

सोमबार अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै रिट दायर गरेका थिए । गृहमन्त्रीलाई पदबाट निलम्बन गर्न र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदिएपछि त्यसविरुद्ध परेको रिटमा गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×