कमल थापाको अभिव्यक्तिमाथि राजेन्द्र लिङ्देनको व्यङ्ग्य

काठमाडौँ । आज बिहान अध्यक्ष पदमा पराजित राप्रपाका कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाह प्रति पोखेको आक्रोशमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले व्यङ्ग्य वाण प्रहार गरेका छन् । कमल थापाको फेस्बुकमा राखिएको अभिव्यक्तिलाई अध्यक्ष लिङ्देनले व्यङ्ग्य गर्दै ट्वीटर मार्फत जवाफ दिएका छन् ।
आज बिहान थापाले पूर्वराजाको हस्तक्षेप रहेको भन्दै राखिएको स्टाटसको जवाफ स्वरुप ट्वीटरमा अध्यक्ष लिङ्देनले लेखेका छन्,” राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलीको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?”
कमल थापा हालका अध्यक्ष लिङ्देनसँग दुई सय मतले पराजीत भएका थिए ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×