उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकमाथि कारवाही

काठमाडौँ - ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २० जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा बुधबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ५०, लेन अनुशासन पालना नगर्ने ६४, रेड लाइटमा सवारी चलाउने ७४ जना सवारी चालक रहेका छन्। 

यस्तै, ठीक तरिकाले नम्बर प्लेट नराख्ने ४१ जना सवारी चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ। अन्य कारवाहीमा पर्ने १ हजार ७११ जना सवारी चालक रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×