काठमाडौँ - बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ।
साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय रहेको छ। यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग रहेको छ। यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ। यद्यपि, फिल्म युनिटले यसको आधिकारिक पुष्टि गरेको छैन।
फिल्ममा नयनतारा, सुनील ग्रोवर र सान्या मल्होत्राको पनि अभिनय रहेको छ। फिल्मको प्रस्तुतकर्ता रेड चिलीज इन्टरटेनमेन्ट हो। यो फिल्म आगामी वर्षको जुन २ मा रिलिज हुँदैछ। फिल्ममा शाहरुखको दोहोरो भूमिका रहेको छ।
शाहरुख अभिनित अन्य २ फिल्म ‘पठान’ र ‘डंकी’ पनि सन् २०२३ मै रिलिज हुँदैछन्।