भारत। बलिउड अभिनेता ऋतिक रोशनको चर्चा अहिले बलिउड सिने जगतमा भइरहेको छ। केहि समयअघि श्रीमती सुजैन खानसँग सम्बन्धविच्छेद गरेका थिए। त्यसयता उनी एक्लै रहने गरेका थिए। तर, हालै उनी प्रेमसम्बन्धमा रहेको कुरा खुल्न गएको छ।
उनी अभिनेत्री सबा आजादसित सार्वजनिक रुपमा देखिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार अभिनेताका नजिकका एक साथीले भनेका छन् “दुग्गु आफ्नो व्यक्तिगत जीवन लुकाएर राख्न रुचाउँछन्। उनी केही समयदेखि उदीयमान अभिनेत्री सबा आजादसँग लुकीछिपी भेटिरहेका थिए र अन्ततः उनीसँगै सार्वजनिक रूपमा देखिने निर्णयमा पुगेका छन्। दुवैजना राम्रो जोडी बन्न सक्छन्। यद्यपि, हरेक पलमा रमाएर विस्तारै अघि बढिरहेका छन्।”
पहिलो पत्नीबाट ऋतिकका दुई छोरा रहेका छन् र दुवै छोरा ऋतिकसँगै रहेका छन्।