लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै फागुन २३ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने भएका हुन् ।

त्यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार मुख्यमन्त्री चौधरी आज विश्वासको मत लिन लागेका हुन् । तर, प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र एक स्वतन्त्र सांसद छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×