कांग्रेसलाई वर्ग सत्रु घोषणा गर्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको सबैभन्दा ठूलो चुनौति संविधान, गणतन्त्र र संघीतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरु रहेको बताएका छन् । शनिबार रौतहट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली कांग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसिकिने बताए ।

‘अहिले हामीले कांग्रेसलाई प्रमुख शत्रु भनेर जो संविधानको पक्षपोषणा र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ, त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन’ अध्यक्ष नेपालले भने, ‘विचारमा द्वन्द्व चल्छ, कांग्रेससँग पनि प्रतिस्पर्धा हुन्छ । कांग्रेसका विरुद्व संघर्ष पनि हुन्छ । तर, कहिलेकाहिँ सहकार्य पनि हुन्छ । हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो, थोरै शत्रु किटान गर्ने हो ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×