११ पुस, काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आज पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
नेपाली सेनाका पूर्वरथीसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएकी हुन्। यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी थिइन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार शर्माको अनुभव र विज्ञतालाई ध्यानमा राखेर उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको हो। अब प्रधानमन्त्री कार्कीले रक्षा र खानेपानी मन्त्रालय आफ्नो मातहत राखेकी छिन्।
आजको मन्त्रिपरिषद् विस्तार सरकारको पाँचौँ विस्तार हो।