यूईएफए वर्ष खेलाडीको मनोनयनमा बेन्जिमा, कोर्तवा र डे ब्रुएना

काठमाडौँ - यूईएफए वर्ष खेलाडीको मनोनयनमा रियाल मड्रिडका दुई र म्यानचेष्टर सिटीका एक खेलाडी परेका छन्।

युरोपियन फुटबल सर्वोच्च निकाय यूईएफएले शुक्रबार अन्तिम ३ जनाको मनोनयन सार्वजनिक गरेको हो। जसमा रियालबाट फरवार्ड करिम बेन्जिमा र गोलकिपर थिबाउट कोर्तवा तथा सिटीबाट मिडफिल्डर केभिन डे ब्रुएना समावेश छन्।

कोर्तवा र डे ब्रुएना दुवै बेल्जियमका हुन्। बेन्जिमा र कवर्तवाले गत सिजन रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए। साथै ला लिगा पनि जितेका थिए। बेन्जिमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए। ब्रुएनाले सिटीबाट प्रिमियर लिग जित्दै लिगको उत्कृष्ट खेलाडी समेत बनेका थिए।

आगामी अगष्ट २५ मा टर्केको इस्तानबुलमा हुने युइएफए च्याम्पियन्स लिगको समूह चरणको ड्रका अवसरमा विजेताको घोषणा गरिनेछ। यूईएफएको  प्राविधिक अध्ययन समूहले सुरुमा १५ खेलाडीको नाम छनोट गर्नेछ र त्यसबाट जुरीले अन्तिम ३ जनाको मनोनयन तयार गर्नेछ।

प्रशिक्षकतर्फ रियालकै कार्लो एन्सेलोट्टी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप अन्तिम ३ मा परेका छन्। एन्सेलोट्टीको प्रशिक्षणमा रियालले च्याम्पियन्स लिग र ला लिगा जितेको थियो।

ग्वार्डिओलाको सिटीले प्रिमियर लिग जितेको थियो भने क्लोपको प्रशिक्षणमा लिभरपुलले एफए कप र लिग कप जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×