काठमाडौँ - इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ।
आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरेका थिए। साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन्। यो जितसँगै आर्सनलले १० खेलमा २७ अंक जोडेको छ।
आर्सनल शीर्ष स्थानमा कायम रहेको छ भने लिड्स ९ अंक जोडेर १५ औं स्थानमा रहेको छ।