पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ प्रकाशित

काठमाडौँ - पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशन भएको छ। ललितपुर महानगरपालिकाको आयोजनामा गरिएको एक कार्यक्रमबीच पुस्तक विमोचन गरिएको हो।

हिति प्रणाली काठमाडौँको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो। यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ। लेखक जोशीले पुस्तकमा हिति प्रणालीबारे प्रष्टसँग बुझाएका छन्।

कार्यक्रममा जोशीले हिति जोगाउन आवश्यक रहेको बताएका छन्। काठमाडौँमा पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिति अर्थात् ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेको छ।

काठमाडौँ सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्पराका ज्ञाता पद्मसुन्दर जोशी दिगो सहरी विकासका योजनाकार हुन्। उपत्यकाको पूर्वाधार विकासका साथै मूर्त तथा अमूर्त सम्पदाहरुको जगेर्नामा सक्रिय उनी पेसाले इन्जिनियर हुन्।

‘सडक निर्माण, सहरमा बनिएका ठूला भवन लगायतले हिति सुक्दै गएको छ यसलाई हामीले संरक्षण गर्न जरुरी छ।’ हिति प्रणाली भावी पिढि र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि अकल्पनीय उदाहरण रहेको जोशीले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×