शनिवार देशभर आंशिकदेखि सामान्य बदली रहने

काठामाडाैं । आज पनि देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहने भएको हो ।

महाशाखाका अनुसार प्रदेश–१ का एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज राति पनि देशभर आंशिक बदली रहने छ ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि मौसमविदले अनुरोध गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×