सेनेगल र मोरोक्को अफ्रिका कपको क्वाटरफाइनलमा

काठमाडौ । सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नौ खेलाडीमा सीमित केप भर्डेलाई २–० ले पराजित गर्दै सेनेगल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १–१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २–० को जित दिलाए ।

खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए ।

अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।

गए राति नै भएको खेलमा विजयी हुँदै मोरोक्को अन्तिम आठमा प्रवेश गरेको छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोरोक्कोले मालवीलाई २–१ को नतिजाले पराजित गरेको हो ।

मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×