मुसिकोटलाई १२औं राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिकाले १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उचालेको छ। ३ दिनसम्म सदरमुकाम तम्घासमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, ७ रजत र ८ कास्य सहित कुल ३१ पदकसहित मुसिकोट नगरपालिका च्याम्पियन बनेको हो।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिएका छन्।

उनका अनुसार गुल्मीदरबार गाउँपालिकाले ६ स्वर्ण, ५ रजत र ७ कांस्य सहित कूल १८ पदक जितेको हो। चन्द्रकोट गाउँपालिकाले ५ स्वर्ण, ११ रजत र १२ कांस्य गरी कूल २८ पदक जितेको छ। प्रतियोगितामा ४३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो। सहभागी खेलाडीले भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र करातेमा प्रतिस्पर्धा गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×