हात्तिवनस्थित एक कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको स्थानमा एकजना पुरुष मृत फेला परेका हुन् ।

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका जलेको अवस्थामा शव फेला परेको छ । जसका कारण शवको पहिचान खुल्न सकेको छैन ।

आज बिहान ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको थियो । यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×