बुधवार देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने

काठमाडाैं । हाल देशमा पश्चिमी वायु तथा उत्तर बंग्लादेश तथा यसको आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशलगातय अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाकाे भनाइ छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समभावना देखिएकाे महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ।

त्यस्तै, बुधवार राती सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×